सामाजिक परिक्षण सम्पन्न
25th October, 2019 | By CS Nepal | Posted in Gallery, News Clipping, News/Media, Uncategorized

सहकार्य समाज नेपाल ,सनराइज अर्फानेज र कालिकादेवीमाबी गुर्जेले आर्थिक वर्ष २०७५/७६ मा सस्थाले गरेको सामाजिक एबम शैक्षिक कार्यहरुको सामाजिक परिक्षण सम्पन्न गरेको छ. सनराइज चिल्ड्रेन एसोसिएसन इंक अस्ट्रेलियाको आर्थिक साझेदारीमा संचालित उक्त परियोजना शिवपुरी गाउपालिकामा सचालन भैरहेको छ . आर्थिक रुपले बिपन्न तथा अबिभावक बिहिन बालबालिकाहरुलाई आफ्नै परिवार, नातेदार वा समुदायमा रहेर सम्पूर्ण शैक्षिक सहयोग सहकार्य समाज नेपालले गर्दै आइरहेको छ .
त्यसै गरि बालबालिकाको अधिकार तथा संरक्षणको लागि विभिन्न १७ वटा बिध्यालायाहरुमा बाल क्लब गठन, पुनर्गठन गरि बाल अधिकार, दौतरी शिक्षा, क्षमता अभिवृद्धि तथा जीवन उपयोगी तालिम संचालन गर्नुको साथै गाउपालिका स्तरीय बाल क्लब संजालको गठन गाउपालिका संग सहकार्य गरि गरेको थियो . बाला बालिकालाई सधै परनिर्भर पार्नु हुदैंन अविभावकलाइ नै शशक्तिकरण र आत्मनिर्भर बनाइ आफ्ना बालबालिकाको शिक्षा तथा जीवन संचाना गर्नको लागि दिगो जीविकोपार्जन कार्यक्रम अगाडी ल्याएको छ . उक्त जिविकोपार्जन कार्यक्रमलाई सफल पार्न ५ वटा अविभावक समूह गठन गरि बचत तथा सहकारी सम्बन्धि तालिमहरुको आयोजना भइसकेका छन् . अविभावकहरुको बचत गर्ने बानि बसिसकेको छ. त्यसैगरी संस्थाले सामुदायिक बिद्यालय सहयोग कार्यक्रम अन्तर्गत कालिकादेबी मा बि गुर्जे लाइ गुणस्तरीय शिक्षा र स्थानीय समुदायको माग अनुसार अंग्रेजी माध्यमबाट अध्यापन गराउनको लागि ५ जना मा बि स्तरीय शिक्षकको लागि अनुदान सहयोग गर्दै आइरहेको छ , त्यसैगरी बिद्यालयलाइ प्रबिधिमैत्री बनाउन इमिदास मार्फत अध्यापन गराउन जानकी माबी, महाकाली र कालिका माविलाई सहकार्य समाज नेपाल को साझेदारीमा सनराइज चिल्ड्रेन एसोसिएसन इंक अस्ट्रेलियाको आर्थिक सहयोगमा सम्पन्न भएको छ उक्त कार्यक्रममा शिवपुरी गाउपालिकाको पनि आर्थिक सहयोग तथा सहकार्य रहेको छ
त्यसैगरी सनराइज चिल्ड्रेन एसोसिएसन इंक अस्ट्रेलियाको आर्थिक सहयोगमा सनराइज अर्फानेज ले परिवार तथा समुदायमा बस्न असम्भव बालबालिकाहरुलाई पालन ,पोषण तथा शिक्षा प्रदान गर्दै आइरहेको छ . सम्भव भए सम्म उनीहरुको पारिवारिक पुर्मिलन कार्यक्रमलाइ प्राथमिकतामा राखेको छ.
सामाजिक परिक्षण कार्यक्रम को प्रमुख अतिथिको रुपमा रहनु भएको शिवपुरी गाउपालिकाको उपाध्यक्ष मंजु केशीले यस्ता सामाजिक कार्यहरु गरेकोमा एसिएआइ अस्ट्रेलिया तथा स्थानीय साझेदारी संस्थाहरुलाई धन्यवाद दिनुभयो . र आगामी दिनमा अझ प्रवाभकारी ढंगले कार्यक्रम संचालनको लागि गाउपालिकाले सहयोग गर्ने बताउनु भयो. शिवपुरी गाउपालिकाको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले कालिका देवी माविकोलागिबाल गरेको अनुदान तथा असाहाय बालबालिकाको लागि गरेको सहयोगको प्रसंसा गर्दै बिकाशमा गैरसरकारी संस्थाको एकदमै भूमिका रहेको औल्याउनु भयो. आर्थिक सहयोगी सस्था अन्तरास्ट्रिय गैर सरकारी संथा एससीएआइ अस्ट्रेलियाका अध्यक्ष इमा टेलरले कालिका देबी माबी तथा सम्पूर्ण बालबालिकालाई गरेको सहयोगले बालबालिकाको भविस्य सुनुस्चित हुनुपर्ने र त्यसको लागि एउटा पक्षको मात्र पहलले नहुने सम्पूर्ण सरोकारवालाहरुको सहयोग र प्रयास चाहिने बताउनु भयो.एस्सिएआइ का कार्यक्रम संयोजक राजा कुमार लामा ले सहयोह्गको कुनै सर्त नहुने तर बालबालिकामा आउनु पर्ने जुन परिवर्तन र अपेक्षा हो त्यसको सहि ढंगले मापन तथा सम्बेदनशील भने हुनुपर्ने बताउनु भयो. सहकार्य समाज नेपालले आर्थिक वर्ष २०७५/७६ मा गरेको को सम्पूर्ण गतिबिधि तथा आर्थिक विवरण सम्पूर्ण सरोकार वालाहरुलाई पेश गरि पारदर्शिता तथा समुदाय बाट अनुमोदित हुनुपर्ने भन्दै संस्थाका अध्यक्ष निलकण्ठ आचार्यले आफ्नो प्रस्तुति राख्नु भएको थियो . त्यस्सैगरि एसओ का कार्यक्रम संयोजकले आफ्नो सस्थाले गरेको गतिबिधि तथा आर्थिक विवरण पेश गर्नु भएको थियो भने बिद्यालय को तर्फबाट बिध्यालाको गतिबिधि तथा आर्थिक विवरण प्रअ कृष्ण कुमार श्रेष्ठले पेश गर्नु भएको थियो. कार्यक्रमको सहजीकरण अनिमा खड्का ले गर्नु भएको थियो. कार्यक्रममा प्रहरी बिट गुर्जेको प्रतिनिधि, अविभावाकहरु, बिध्यार्थिहरु तथा शिक्षकहरुको उपस्थित रहेको थियो .