सिआइएलारपीको (CILRP) समिक्षा सम्पन्न
6th October, 2018 | By CS Nepal | Posted in News Clipping

नुवाकोट जिल्ला पञ्चकन्या गाउपालिका र सहकार्य समाज नेपाल (CSN) एबम युएनडिपिको साझेदारिमा सम्पन्न भएको सामुदायिक पुर्वाधार र जिबिकोपार्जन रिकभरी कार्यक्रम (CILRP) को समिक्षा गाउपालिका, सहकार्य समाज नेपाल र बिभिन्न उपभोक्ता समिती तथा लाभग्राहीहरुबिच अन्तर्कृया गरी गाउपालिकामा सम्पन्न भएको छ ।
४ वटा खानेपानि,१६ वटा सिन्चाइ,२ वटा कृषि सडक,२ वटा सामुदायिक भवन र १ वटा पैरो नियन्त्रण योजना गरी सामुदायिक पुर्वाधार निर्माण तर्फ २५ वटा योजना सम्पन्न भएका छन भने १ वटा दुध सन्कलन केन्द्र तथा धसिङरे तेल प्रसोधन केन्द्र,पाहुना घर, सिलाई बुनाइ मेसिन्,मिनी टिलर्,कोदो चुट्ने मेसिनहरु, मकै छोडाउने मेसिनहरु परम्परागत बाजा सेट्,तथा चिस्यान केन्द्र गरी १० वटा जिबिकोपार्जन सम्बन्धि योजना सम्पन्न भएको छ। यि योजना बाट स्थानिय जनता एबम किसान हरु ज्यादै उत्साहित भएका छन। वार्ड नम्बर २ मा निर्मित लिफ्ट सिन्चाइ किसान हरुको लागि अनौठो तर ज्यादै लाभकर रहेको स्थानिय किसानहरुले बताएका छन . तलको पानी माथि तानेर सुखा जमिन सिन्चित भईरहेको छ।
उक्त अन्तरकृया कार्यक्रममा गाउपालिका का अध्यक्षले आगामी दिनहरुमा पनि युएनडिपी र गाउपालिकाको साझेदारिमा थप कार्यक्रमहरु गर्नको लागि गाउपालिकाको ढोका सधैं खुल्ला रहेको बताउनु भयो। योजना हरु समयमै सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद पनि दिनु भयो । साथै सहकार्य समाज नेपालको सिङ्गो टिम र युएनडिपि लाई पालिकाको तर्फबाट धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य जारि रहने बताउनुभयो
त्यसै गरी उपाध्यक्ष सिता खड्काले पुन यस्ता कार्यक्रमहरु लिएर आउन सस्थालाई आग्रह गर्दै धन्यवाद दिनु भयो । पालिकाका प्रमुख प्रशासकिय अधीक्रीत नरेश पुडासैनिले आगामी दिनमा बिगतमा केही कमिकमजोरी रहेको भए अझै सच्याएर हाम्रा साझेदारी निरन्तर रहने बताउनु भयो।

कार्यक्रममा एन्जिओ फेडेरेसन्का का अध्यक्ष मिन कुमार केसिले काम गर्ने दौरानमा केही कमी कम्जोरी रहेका हुन सक्छन आगामी दिनमा त्यसलाई सच्चाएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । सस्थाका अध्यक्ष निलकण्ठ आचार्यले आगामी दिनमा सस्थाले बिगतका नराम्रा कमिकमजोरिहरुलाई छाडेर ति कमिकमजोरिबाट पाठ सिकदै अझ महत्वपूर्ण रुपले गाउपालिक, सस्था, समुदाय मिलेर निर्माण , जनचेतना लगाएतका कार्यहरुमा सझेदारी र सहकार्य गर्दै अगाडि बड्नुपर्ने र त्यसको लागि CSN तयार रहेको बताउनु भयो र गाउपालिका र उपभोक्ता समितिलाई धन्यवाद दिनु भयो
कार्यक्रममा वडा अध्यक्षहरु र उपभोक्ता समिती तथा लाभग्राही हरुले आफ्ना धारणा राखेका थिए।
उक्त परियोजनामा पञ्चकन्या गाउपालिकाको करीब ७३ लाख सत्र हजार , युएनडिपिको करीब ७२ लाख १५ हजार र समुदायको योगदान करीब १५ लाख ३२ हजार गरि करिब १ करोड साठी लाखमा सम्पन्न भयो ।