सुची दर्ताको लागि दर्खास्तको सुचना
11th August, 2018 | By CS Nepal | Posted in News/Media, Notice, Notice

सहकार्य समाज नेपाल (CSN)
प्रकाशित मिति: २०७५/०४/२७
यस सहकार्य समाज नेपाललाई आर्थिक बर्ष २०७५/७६को लागि आवस्यक पर्ने विभिन्न सामानहरु मध्ये तपसिल बमोजिमका सामान आपूर्ति गर्नकालागि यस सस्थाको नीति नियम बमोजिम हुने गरि आपूर्ति गर्न चाहानुहुने ,आन्तरिक राजस्व कार्यालयमा कारोबार दर्ता गरिएका ब्यबसायिक तथा सस्थागत आपूर्ति कर्ताले नबिकरण भएका दर्ताका प्रमाणपत्रहरु,स्थाई लेखा नम्बरको प्रतिलिपि, २०७३ /७४ को कर चुक्ताको प्रमाण पत्र तथा आफ्नो लेटर प्याडमा निबेदन लेखि प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्र सस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा सुची दर्ता गराउनहुन तथा सस्थाको इमेल ठेगानामा स्क्यान गरेर पनि पठाउन सकिने व्यहोरा सुचित गरिन्छ l म्याद समाप्ति पछी प्राप्त भएका पत्रहरुलाई सुचिमा समाबेश गर्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ l
तपसिल
१. मसलन्द तथा स्टेसनरीका सामानहरु
२. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरणहरु (कम्प्युटर,प्रिन्टर,फोटोकपी मेसिन, क्यामरा , मोबाइल आदि )
३. निर्माण तथा मर्मत संभार सम्बन्धि कार्य
४. फर्निचर तथा फर्निसिंग सम्बन्धि कार्य
५. छपाई सम्बन्धि कार्य
६. स्कूल ड्रेस तथा अन्य कपडाहरु
७. खाद्यान्न तथा औषधिहरु
यदि एउटा फर्म तथा संथाले सम्पूर्ण कार्य गर्ने भए निवेदनमा स्पष्ट खुलाउनु पर्ने छ l
थप जानकारीको लागि
केन्द्रीय कार्यालय
सहकार्य समाज नेपाल
बिदुर -४, बट्टार
पो.ब.नं – ९६३२
सम्पर्क: ०१०-५६१००१
शाखा कार्यालय
बुढानिलकण्ठ -७, गोल्फुटार
सम्पर्क : ९८४३३९०६२४
इमेल: csnnepal@gmail.com/ info@csnnepal.org.np