अभिभावकका लागि रुपान्तरण विषयक तालिम सम्पन्नः
29th March, 2017 | By CS Nepal | Posted in Activities, CSN In Action, Events, News/Media

सहकार्य समाज नेपाल नुवाकोटको समन्वयमा,बाल विकास समाजले नुवाकोट जिल्लाका ५ वटा गा.वि.स.मा रहेका किशोरकिशोरीहरुलाई लागि अभिभावकहरुको माध्यमबाट सशक्तिकरण गर्नका लागि अभिभावकका लागि रुपान्तरण विषयक ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम बट्टार, नुवाकोटमासम्पन्न भएको छ ।
यही चैत ११ देखि १५ गतेसम्म ५ दिने तालिम आफ्ना बालबालिका तथा किशोरकिशोरीहरुको समग्र विकासका लागि अभिभावकको भूमिकामा केन्द्रित रही संचालित थियो । भूकम्प प्रभावित जिल्लाका किशोरकिशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत ५ वटा गा.वि.स.बाट ५/५ जना गरी तालिममा २५ जना अभिभावकको सक्रिय सहभागिता रहेको थियो । तालिममा बाल अधिकार, किशोरावस्था, लिङ्ग, लैगिकता र सामाजिक समावेशकरण, यौन तथा प्रजनन् स्वास्थय, बाल विवाह, दुव्र्यवहार र हिँसा, एच.आइ.भि. र लागू औषध, जिविकोपार्जन र यस विषयमा अभिभावकको भूमिका तथा विपद् जोखिम न्यूनिकरणका विषयमा सहभागीहरु प्रशिक्षित भएका छन् । १ जना अभिभावकले तालिम पश्चात् आफ्नो स्थानीय स्तरमा रहेका १०० जना अभिभावकलाई ३/३ दिनको तालिम एवं अभिमुखिकरण गर्नेछन् ।
युनिसेफको आर्थिक सहयोगमा कन्सोर्टियम नेपालको साझेदारी तथा सहकार्य समाज नेपाल (विदुर)को समन्वयमा संचालित यस कार्यक्रम अन्तर्गत सम्पन्न ५ दिने तालिमका क्रममा युनिसेफ नेपालका बाल संरक्षण अधिकृत प्रकाश आचार्यबाट बाल अधिकारको प्रत्याभूमिका लागि अभिभावकको भूमिकाका बारेमा अभिमुखिकरण गर्नुभएको थियो भने सहकार्य समाज नेपालका अध्यक्ष निलकण्ठ आचार्यबाट आफ्नो समुदायमा रहको बालबालिकाको समग्र विकासका लागि अभिभावक नै बढि जम्मेवार हुने कुरा व्यक्त गर्नुभएको थियो ।
संस्थाका कार्यक्रम व्यवस्थापक प्रदिपकुमार श्रेष्ठबाट तालिमको समन्वय तथा व्यवस्थापन भएको थियो भने प्रशिक्षकका रुपमा सम्झना वि.क. उद्धवराज रिमाल, कमलबाबु ओझा, सिताराम वि.क. र निशा पुडासैनी रहेका थिए । तालिम पश्चात अभिभावकहरुले आफूले सिकेका कुराहरु अन्य अभिभावकहरुलाई अभिमुखिकरण गर्नमा प्रतिवद्ध भएका छन् । किशोरकिशोरीको समग्र विकासको लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुनेछ ।