भूकम्पपीडित बालबालिकालाई कपडा वितरण
10th June, 2016 | By CS Nepal | Posted in Gallery, News Clipping

नुवाकोट । भुकम्प अति प्रभावित जिल्ला नुवाकोटका अति दुर्गम गाबिसका बिद्यालयमा अद्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।
युनिसेफको सहयोगमा जिल्ला महिला तथा बालबालिका कार्यालय र सहकार्य समाज नेपालले ६ बर्ष देखी १८ बर्ष भित्रका बालबालिकालार्र्इ सितल कपडा बितरण गरिएको हो ।
यो कपड़ा बितरण कार्यले बिद्यालयमा विद्यार्थी भर्नादर निकै बढेको विभिन्न बिद्यालयका शिक्षकहरुले बताएका छन् ।कपडा पाउदा बालबालिकाहरु मात्र होइन अबिभावकहरु समेत उत्साहित भएका छन् ।
दुर्गम गाबिसहरु घ्याङ्फेदी, राउतबेशी, गाउँखर्क, बेतिनी, शिखरबेशी, समुन्द्रटार,लच्याङ, उर्लेनी, लिखु, छाप, तलाखु, सिक्रे, महाकाली, साल्मे, भाल्छे,मनकामना, फिकुरी, काउले, तुप्छे,कुमरी, दुइपिपल, चाउथे,किङ्ताङ, बुङ्ताग, बर्सुन्चेत, बालकुमारी, थप्रेक, पन्चकन्या, सुन्दरादेवी, रालुकादेबी,खरानिटार,थानापति,नर्जामण्ड्प ,बागेश्वरीका विद्यार्थीलाई वितरण गरिएको हो ।
त्यस्तै चारघरे र बिदुर नगरपालिकाका केहि विद्यालयमा अद्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको थियो । अझै अति प्रभावित बिद्यालय अथवा कुनै समुदायका बालबालिकालाइ बितरण गरिने सिएसएन का अध्यक्ष निलकण्ठ आचार्यले जानकारी दिए ।
करिब ३३ हजार ५०० बालबालिका यो कार्यबाट लाभान्वित हुने छन।
Source: Rojgarikhabar.com
www.rojgarikhabar.com